-विवश बौलाहा
चलेकै थ्यो जिन्दगी, तिमी नहुँदा पनि
चलि नै रहेको छ, तिमी टाढिदा पनि
सम्झन्थेँ म 'सम्पुर्ण', तिमी 'फगत' रहेछौ
मेरो यो जिन्दगिको एउटा लत रहेछौ
म बगेँ पानी सरि, तिमी अडियौ टक्क
वर्तमान झैँ लाग्दथ्यौ, तर विगत रहेछौ
धड्केको थ्यो मुटु यो, एक्लै जन्मिँदा पनि
धड्कि नै रहेको छ, एक्लै छाडिँदा पनि
कैले काइ उछ्छीटन्छन् सम्झनाका बाछिटा
र बजारिन पुग्छन् सिधै मेरो छातिमा
त्यो बाहेक अरू कुनै अस्तित्व छैन तिम्रो
यादको मुसलधारेमा, र मेरो जिन्दगीमा
हाँसेकै थे ओठ यी, तिमी नहुँदा पनि
हाँसी नै रहेका छन्, तिम्ले रूवाए पनि
चलेकै थ्यो जिन्दगी, तिमी नहुदा पनि
चलि नै रहने छ, तिमी टाढिदा पनि
© यस रचना तथा यसका अंशहरू लेखकको अनुमतिबिना कही कतै प्रयोग नगर्नु होला ।