प्रेमको विरूद्धमा
-विवश बौलाहा
प्रेम सम्बन्धी कथा फिलिम्, सब जलाउनु पर्छ
माया प्रिति गाँस्न प्रतिबन्ध लाउनु पर्छ
थिइ मेरो गाउमा एउटि बिलक्षणा नारी
भन्थि, "पक्कै केही गर्छु, आफ्नो देशको लागि'
पढाउदैथे बा आमाले ठूलै आशा राखी
लभ परेछ, उसले आफ्नो पढाइ बिचमै छाडी
सारा संसार बिर्सी एउटा बुङ्गोसँग भागी
ऐले भा'की छे पति र सासुको कमारी
अनि बिताउदै छे जीवन बालबच्चा स्याहारी
कठै, बिचारी रामप्यारी
गुलाब हैन लालिगुरास रोप्न लाउनु पर्छ
माया प्रिती गाँस्न प्रतिबन्ध लाउनु पर्छ
इमानदार थ्यो पहिले पहिले 'प्रेम बहादुर मतारा'
भन्थ्यो, "ठूलो घर बनाउछु सम्पति कमा'र"
प्रेमिकाले छोडे पछि बिग्रियो बिचरा
रक्सि खान्छ, हल्ला गर्छ, भा'को छ आवारा
प्रेमे बहुलायो भन्छन्, गाउँ घरका सारा
रून्छन् उसका बाबुआमा बगाई अश्रुधारा
छोरो, बनेन साहारा !
दिल हैन दिमागको कुरा सुन्न लाउनु पर्छ
माया प्रिती गाँस्न प्रतिबन्ध लाउनु पर्छ
****--****
copyright protected
Sunday, March 15, 2015
Saturday, March 14, 2015
Book Review: Sakas By Jagadish Ghimire
'सकस' वास्तविक इतिहास हो कि वैकल्पिक इतिहास भनेर छुट्याउन सकस पर्यो ।
पृथ्वीनारायणको पालाको कुरा देखि हाम्रो पाला सम्मका कुराहरू छन् उपन्यास
भित्र । भिमसेन थापाको देवत्विकरण गरिएको जीवनि पढ्नु परेको थियो उहिले ।
सकसले भन्छ, उनी त्यति महान् थिएनन् । किताबले हामिमाथि थोपरिएका
कुराहरूको वास्तविकतामाथि प्रश्न उठाउन प्रेरित गर्छ । साहित्यले यस्तै
गर्नु पर्छ ।
उपन्यासको सुरूवात अलि गज्याङ्ग गुजुङ्ग पाराले हुन्छ । थोरै ठाउमा धेरै
कुरा कोच्न खोजेजस्तो लाग्छ । तर एकपटक कथाले गति लिएपछि कतिखेर किताब
पढिसकिइयो, पत्तै हँदैन ।
द्वन्दले जनतालाई दिएको पीडाको वयान छ सकसभित्र । अनि नेताहरूको
अकर्मण्यता प्रतिको आक्रोशका साथै देशको अवस्थाप्रति असन्तुष्टी र चरम
निराशा पनि ।
'अन्तरमनको यात्रा'मा आइसकेका उनका केही विचारहरू पनि दोहोरिन्छन् ।
विदेशीहरूले दिशा नधुने, ट्वाइलेट पेपर प्रयोग गर्ने कुरालाई ठूलो इस्यु
बनाएर दुई-दुईवटा किताबमा लेखेको कुरा मन परेन ।
यो उपन्यास राजनैतिक प्रकारको पनि छ । राजनैतिकता धेरै भयो भनेर 'दमिनी
भीर'को मात्र आलोचना गरियो, 'सकस'को गरिएन भने त्यो न्यायोचित हुँदैन ।
लेखकका आफ्ना केहि पुर्वाग्रहहरू छन् । जसलाई पाठकले आफ्ना आग्रह वा
पुर्वाग्रहका साथ हेर्नेछन् र किताब मन पराउने वा नपराउने फैसला गर्ने
छन् ।
तर किताबचाही सवैले पढ्नु पर्ने खालको छ । जनआन्दोलन पछिका धेरै कुराहरू
मिस गरेको रहेछु । स्मरणमा रहेका खालिठाउँ भर्न , देशको स्थिति केही
हदसम्म बुझ्न मद्दत गर्यो किताबले । र व्यक्तिगत रूपमा म किताबमा व्यक्त
गरिएका जगदिशका धेरै विचारहरूसँग सहमति पनि राख्छु । 'सकस' मलाई मन परेका
उपन्यासहरूको सुचिमा दर्ता भयो आजबाट ।
र अन्त्यमा, फेरिपनि उहीँ प्रश्न,
'सकस' वास्तविक ईतिहास हो कि वैकल्पिक ईतिहास ?

Subscribe to:
Comments (Atom)