शव्दको कुनै अर्थ हुँदैन । शव्दलाई अर्थ दिइएको मात्र हो ।
झन् जिन्दगीको अर्थ खोजेर कहाँ हुन्छ । जिन्दगीलाई आफैंले अर्थ्याउने हो ।
कुनै नबुझिने भाषा सुन्दा पनि ती शब्दहरू अर्थहीन ध्वनी झै लाग्दैन
हामीलाई । सोच्छौँ, त्यसको कुनै न कुनै मतलब जरूर होला, नबुझ्नु हाम्रो
कमजोरी हो ।
तर कसैको जिन्दगीमाथि टिप्पणी गर्नु अघि एकछिन पनि सोच्दैनौँ ।
"थुक्क ! फलानो त पागल भएछ । त्यस्तो जिन्दगी पनि के जिन्दगी !! के गरेको
त्यसले यस्तो ?"
शव्द र जिन्दगी बिल्कुलै फरक कुरा हुन् । तर मचाहन्छु, मेरो जिन्दगीसँग
पनि मानिसले शव्दहरूसँग जस्तै व्यावहार गरून् । सवै शव्दहरूको अर्थ जानेर
साध्य हुदैन । तर आफुले बुझिनँ भन्दैमा मेरो भाषालाई कसैले निरर्थक
नभनुन् ।