थाहा छ ! आज के भयो ?
म तिमीलाई सम्झिदै हिँड्दै थिए ।
पुस्तक पसल पो पुगेछु ।
तिमी र म सँधै किताब किन्न जान्थ्यौँ नि ?
हो ! त्यही पसल ।
"ओहो भाइ ! धेरै दिन पछि पो आउनु भयो त ।"
यस्तै भने त्यहाँको दाइले ।
म त्यहाँ नगएको धेरै भा'को थ्यो र ?
खै ! थाहा छैन ।
मैले भने,
"एउटा गजबको किताब सजेस्ट गर्नु न ।
मेरो टाइपको ।"
हाहा !
मलाई कुन किताब दिए, था'छ ?
' द मङ्क हु सोल्ड हिज फरारी'
दारी नै त नकाटेको हो ।
म साधु बन्न आँटे जस्तो देखिन्छु र ?
मलाई थाहा छैन,
साधु कसरी बनिन्छ ?
जान्नु पनि छैन ।
यति चैँ थाहा छ,
फरारी बेच्नलाई
आफुसँग फरारी हुनु पर्छ ।
अनि मैले
'गन गल' (gone girl)
लिएर आएँ ।
Monday, November 23, 2015
Sunday, November 22, 2015
उल्कापिण्ड
वैज्ञानिकहरू भन्छन्,
उल्कापिण्डले गर्दा
पृथ्वीमा
जीवनको उत्पति भएको हो ।
जसरी आकाशमा उल्का खस्दा
मानिसहरूले आँखा बन्द गरेर बरदान माग्छन्,
त्यसरी नै तिमी पनि
आँखा बन्द गरेर,
परिवर्तन माग्दै,
नयाँ जीवनको सृष्टि गर्ने आशमा
गोलीहरू, ढुङ्गाहरू,
उल्कापिण्ड जसरी
वर्षाउदै छौ ।
सोच्न सक्थे भने
कुनै युगमा डाइनोसरहरूले सोच्थेहोला,
जीवनकोलागी
उल्कापिण्ड खस्नु जरूरि छ ।
मलाई तिमी त्यही
डाइनोसर जस्तो लाग्छ ।
वैज्ञानिकहरू भन्छन्,
उल्कापिण्ड खसेको कारणले
डाइनोसरहरू लोप भएका हुन् ।
( उल्का=meteor, उल्कापिण्ड=Meteorite)
उल्कापिण्डले गर्दा
पृथ्वीमा
जीवनको उत्पति भएको हो ।
जसरी आकाशमा उल्का खस्दा
मानिसहरूले आँखा बन्द गरेर बरदान माग्छन्,
त्यसरी नै तिमी पनि
आँखा बन्द गरेर,
परिवर्तन माग्दै,
नयाँ जीवनको सृष्टि गर्ने आशमा
गोलीहरू, ढुङ्गाहरू,
उल्कापिण्ड जसरी
वर्षाउदै छौ ।
सोच्न सक्थे भने
कुनै युगमा डाइनोसरहरूले सोच्थेहोला,
जीवनकोलागी
उल्कापिण्ड खस्नु जरूरि छ ।
मलाई तिमी त्यही
डाइनोसर जस्तो लाग्छ ।
वैज्ञानिकहरू भन्छन्,
उल्कापिण्ड खसेको कारणले
डाइनोसरहरू लोप भएका हुन् ।
( उल्का=meteor, उल्कापिण्ड=Meteorite)
स्वर्ग
रक्सीको खोला
सुन्दर अप्सराहरू
अनि देवताहरूको गिद्दे नजर
ए नारी !
स्वर्गमा तिम्रोलागि केही छैन ।
स्वर्ग पुरूषहरूले बनाएको हो ।
सुन्दर अप्सराहरू
अनि देवताहरूको गिद्दे नजर
ए नारी !
स्वर्गमा तिम्रोलागि केही छैन ।
स्वर्ग पुरूषहरूले बनाएको हो ।
Monday, November 16, 2015
खरानि
ज्वाला निभि सक्यो,
अगुल्टो बनेको छ सम्वन्ध,
अनि छन्
अतितका यादहरू
खरानी बनेर बसेका,
ए समय !
लगिदे न ! यो खरानि पनि
उडाएर टाढा
मेरी प्रेयसीलाई लगे जसरी ।
अगुल्टो बनेको छ सम्वन्ध,
अनि छन्
अतितका यादहरू
खरानी बनेर बसेका,
ए समय !
लगिदे न ! यो खरानि पनि
उडाएर टाढा
मेरी प्रेयसीलाई लगे जसरी ।
Subscribe to:
Comments (Atom)