थाहा छ ! आज के भयो ?
म तिमीलाई सम्झिदै हिँड्दै थिए ।
पुस्तक पसल पो पुगेछु ।
तिमी र म सँधै किताब किन्न जान्थ्यौँ नि ?
हो ! त्यही पसल ।
"ओहो भाइ ! धेरै दिन पछि पो आउनु भयो त ।"
यस्तै भने त्यहाँको दाइले ।
म त्यहाँ नगएको धेरै भा'को थ्यो र ?
खै ! थाहा छैन ।
मैले भने,
"एउटा गजबको किताब सजेस्ट गर्नु न ।
मेरो टाइपको ।"
हाहा !
मलाई कुन किताब दिए, था'छ ?
' द मङ्क हु सोल्ड हिज फरारी'
दारी नै त नकाटेको हो ।
म साधु बन्न आँटे जस्तो देखिन्छु र ?
मलाई थाहा छैन,
साधु कसरी बनिन्छ ?
जान्नु पनि छैन ।
यति चैँ थाहा छ,
फरारी बेच्नलाई
आफुसँग फरारी हुनु पर्छ ।
अनि मैले
'गन गल' (gone girl)
लिएर आएँ ।
No comments:
Post a Comment