तिमी भन्छौ, "हामी टाढा छौँ ।"
तर हामी फिजिसिस्टहरूको लागि टाइम र स्पेस
बिच कुनै भिन्नता हुनु हुँदैन ।
एउटै समयमा रहनु पनि सँगै रहनु हो ।
Monologues
Saturday, January 14, 2017
Saturday, December 5, 2015
रक्सी
रक्सीले पिउने मातिन्छ,
गिलास मातिदैन, बोतल मातिदैन ।
तिम्रो त के कुरा भयो र,
तिमीमा ठोकिने प्रकाश मातिन्छ,
तिमीलाई छोएर बहने बतास मातिन्छ ।
तिमी बहकिएर महकियौ भने
गुलाफ मातिन्छ, कमल मातिन्छ ।
तिमी पग्लिएर पोखियौ भने
गिलास, बोतलको के कुरा
पूरा धरातल मातिन्छ ।
तिम्रो एक नजरले
यो जवानीलाई मदहोस बनायो ।
तिम्रो एक थोपाले
कति हो कतिलाई बेहोस बनायो ।
त्यसैले बनाउनेवालाले
रक्सीलाई तरल बनायो, तिमीलाई ठोस बनायो ।
twitter- @Boulaha
गिलास मातिदैन, बोतल मातिदैन ।
तिम्रो त के कुरा भयो र,
तिमीमा ठोकिने प्रकाश मातिन्छ,
तिमीलाई छोएर बहने बतास मातिन्छ ।
तिमी बहकिएर महकियौ भने
गुलाफ मातिन्छ, कमल मातिन्छ ।
तिमी पग्लिएर पोखियौ भने
गिलास, बोतलको के कुरा
पूरा धरातल मातिन्छ ।
तिम्रो एक नजरले
यो जवानीलाई मदहोस बनायो ।
तिम्रो एक थोपाले
कति हो कतिलाई बेहोस बनायो ।
त्यसैले बनाउनेवालाले
रक्सीलाई तरल बनायो, तिमीलाई ठोस बनायो ।
twitter- @Boulaha
मासुपसल
हल्ला चल्यो, "आजकल कुखुराको मासुको माग धेरै छ।"
केही मान्छे जुर्मुराए, मासु पसल खोले।
पसलेहरू मासुसँगै राजनैतिक विश्लेषण दिन्छन् ।
देश बनाउने योजना सुनाउछन् ।
तिनलाई देखेर अरूलाई पनि केही गर्ने रहर लाग्यो ।
उनीहरूले पनि मासु पसल खोले ।
योजना, उनीहरूसँग पनि छन् ।
विश्लेषण, उनीहरू पनि गर्छन् ।
उनीहरू पनि ग्राहकहरूलाई सुनाउछन्,
देशको विकास नहुनुको अनेक कारणहरू ।
हिजो छिमेकी भाइ भन्दैथ्यो,
"आजकल कुखुराको मासुको माग धेरै छ,
मासुपसल खोल्नु पर्यो ।"
.
.
आज हाम्रो गाउमा ५ वटा मासु पसल छन्,
कुखुरा फर्म एउटै छैन ।

सपनाहरू
सपनाहरू
-विवश सापकोटा
"छोरा, यति राती कहाँ हिडिस् ? अनि बोतल जस्तो के हो त्यो ?"
"पेट्रोल बम हो आमा । बेहोसी मै भए पनि अधिकारको लडाइ लड्न जाँदै छु ।"
"नजा छोरा ! गोली चल्छ रे !"
"नआत्तिनु आमा । यो सव सपना हो ।"
.
.
"बाबा हाम्रो घर कैले बनाउने ?"
"चाँडै बनाउने नानू ।"
"अब बनाउदा नभत्किने गरि बनाउने हस् ? "
"हस् ।"
" बाबा जाडो भयो, भोक पनि लाग्यो । "
" छोरी ! नआत्तिउ सपना हो ।"
.
.
"बाहिर के को हल्ला खल्ला त्यस्तो ?"
"खै हेरौँ । पुलिशले मान्छे खेदा'को जस्तो छ ।"
"लौन नि ! गोलि लाग्यो । गुहार !! गुहार !!"
"नआत्ति न बुढि । सपना हो ।"
.
.
"मैले भनेको औषधी ल्याउनु भयो ?"
"पूरा सहर चाहारे तर कतै पनि पाइएन डाक्टर सा'ब ।"
" नआत्तिनुस् । सपना हो ।"
.
.
"ओई ! रोक् ! रोक् ! रोक् !"
"सर् । विरामी एकदम सिकिस्त छ । बाटो छोड्दिनुस् ।"
"मरे मर्छ नि । सपना त हो ।"
.
.
"ओए उठ् । विहान भैसक्यो ।"
"ह्या । सुत्न दे न एकछिन ।"
"उठ् भन्या ।"
"सपना र विपनाबिच कुनै फरक नभए पछि ब्युझिने कष्ट किन गरिरहनु ?"
" उफ् ! तेरो फिलोसफि तैसँग राख् । छिटो उठ् । फिल्म हेर्न जानू पर्छ ।"
"जानु त पर्ने, तर बिउझिन सकिरा'कै छैन ।"
"के देख्दै थिस् हौ त्यस्तो ? सन्नि लियोनी ?"
"हैन नाइटमेयर ।"
.
.
यो सपनाहरूको देश हो ।
यहाँ सब बेहोस छन् ।
.
.
"मोदिका सन्तान हो ।आओ तिमीहरूलाई संघियता दिन्छु ।"
"हामी पनि त नेपाली हो । धोती भनेर नहेप्नुस् हजुर ।"
"ओ भैया ! स्याउ कसरी किलो ? "
"गोलि छातीमै ताकेर हान् ।"
"काठमाण्डुलाई मधेशको चिन्ता छैन । बस् पेट्रोल चाहिएको छ ।"
"त्यो बच्चिको के दोष थियो साहेब ? "
"एक वर्ष भित्रमा लोडसेडिङको अन्त्य गरिनेछ ।"
"सरकार वार्ता गर ।"
"आजको वार्ता पनि विफल भयो ।"
"इन्धनको अभावले विद्युत परियोजनाको काम रोकियो ।"
"राजमार्गमा धर्ना । गाडीहरू बिचबाटो मै रोकिए ।"
"यो आरपारको लडाइ हो ।"
"साला ! काठमाण्डु एलिटहरू ।"
"हामी आफ्नो समस्या आफैँ सुल्झाउछौँ ।"
"नाकाबन्दी हामीले लगाएको हो । भारतले होइन ।"
"हैन । यी मधिसेहरूलाइ के चाहिएको रैछ ?"
"सरकार ! म स्कुल जान चाहन्छु । हामीलाई मार्न छोडिदेउ ।"
"सरकारले हाम्रो आवाज सुन्दैन ।"
"सरकार छैन ।"
.
.
के यो सब सपना हो ?
थाहा छैन । थाहा छैन ।
**
Twitter @boulaha

Monday, November 23, 2015
साधु
थाहा छ ! आज के भयो ?
म तिमीलाई सम्झिदै हिँड्दै थिए ।
पुस्तक पसल पो पुगेछु ।
तिमी र म सँधै किताब किन्न जान्थ्यौँ नि ?
हो ! त्यही पसल ।
"ओहो भाइ ! धेरै दिन पछि पो आउनु भयो त ।"
यस्तै भने त्यहाँको दाइले ।
म त्यहाँ नगएको धेरै भा'को थ्यो र ?
खै ! थाहा छैन ।
मैले भने,
"एउटा गजबको किताब सजेस्ट गर्नु न ।
मेरो टाइपको ।"
हाहा !
मलाई कुन किताब दिए, था'छ ?
' द मङ्क हु सोल्ड हिज फरारी'
दारी नै त नकाटेको हो ।
म साधु बन्न आँटे जस्तो देखिन्छु र ?
मलाई थाहा छैन,
साधु कसरी बनिन्छ ?
जान्नु पनि छैन ।
यति चैँ थाहा छ,
फरारी बेच्नलाई
आफुसँग फरारी हुनु पर्छ ।
अनि मैले
'गन गल' (gone girl)
लिएर आएँ ।

Sunday, November 22, 2015
Subscribe to:
Comments (Atom)