Saturday, December 5, 2015

मासुपसल

हल्ला चल्यो, "आजकल कुखुराको मासुको माग धेरै छ।"
केही मान्छे जुर्मुराए, मासु पसल खोले।
पसलेहरू मासुसँगै राजनैतिक विश्लेषण दिन्छन् ।
देश बनाउने योजना सुनाउछन् ।
तिनलाई देखेर अरूलाई पनि केही गर्ने रहर लाग्यो ।
उनीहरूले पनि मासु पसल खोले ।
योजना, उनीहरूसँग पनि छन् ।
विश्लेषण, उनीहरू पनि गर्छन् ।
उनीहरू पनि ग्राहकहरूलाई सुनाउछन्,
देशको विकास नहुनुको अनेक कारणहरू ।
हिजो छिमेकी भाइ भन्दैथ्यो,
"आजकल कुखुराको मासुको माग धेरै छ,
मासुपसल खोल्नु पर्यो ।"
.
.
आज हाम्रो गाउमा ५ वटा मासु पसल छन्,
कुखुरा फर्म एउटै छैन ।

No comments:

Post a Comment