रक्सीले पिउने मातिन्छ,
गिलास मातिदैन, बोतल मातिदैन ।
तिम्रो त के कुरा भयो र,
तिमीमा ठोकिने प्रकाश मातिन्छ,
तिमीलाई छोएर बहने बतास मातिन्छ ।
तिमी बहकिएर महकियौ भने
गुलाफ मातिन्छ, कमल मातिन्छ ।
तिमी पग्लिएर पोखियौ भने
गिलास, बोतलको के कुरा
पूरा धरातल मातिन्छ ।
तिम्रो एक नजरले
यो जवानीलाई मदहोस बनायो ।
तिम्रो एक थोपाले
कति हो कतिलाई बेहोस बनायो ।
त्यसैले बनाउनेवालाले
रक्सीलाई तरल बनायो, तिमीलाई ठोस बनायो ।
twitter- @Boulaha
No comments:
Post a Comment