-विवश बौलाहा
कक्षामा फेल नगराईने प्रणालि नेपालको सन्दर्भमा नौलो होइन ।
सरकारी विद्यालयमा कक्षा १,२ र ३मा विद्यार्थीलाई फेल नगराउनु भनेर
निर्देशन नै दिइएको हुन्छ । त्यसरी पास गराइएका विद्यार्थीले ५ कक्षा
सम्म पनि आफ्नो नाम लेख्न समेत जानेका हुँदैनन् । कपि काट्ने
जिम्मा त्यहि स्कूलको शिक्षकले पाउँछन् । अनि माथिल्लो कक्षामा समेत पास
गराईन्छ सवैलाई । फेल गरायो भने यिनीहरू बरालिएर विद्यालयको वातावरण
विगार्छन् मात्रै, पास गराएर छिटो छिटो खेदाउन पाए ढुक्क हुन्छ भन्ने
मानसिकता हुन्छ शिक्षकहरूमा ।
निजि विद्यालयमा पनि यो प्रावधान अघोषित रूपमा छ । परीक्षा हुने
बेलामा रिभिजन गरायो । परिक्षामा आउने आउने प्रश्नहरू लेखायो ।
विद्यार्थीहरूले त्यही रिभिजन मात्रै पढे भने प्रथम श्रेणी आउँछ ।
त्यत्रो पैसा खर्च गरेर पढाउदा पनि कसरी मेरो छोरो फेल भयो ? भन्ने
प्रश्न पनि सोध्न परेन अभिभावकले । अनि यसरी माथी पठाइएका विद्यार्थीलाई
एस. एल. सी.मा रोक्नु किन । अहिले आएको ग्रेडिङ सिस्टमले सकारात्मक/
नकारात्मक प्रभाव केही पार्दैन ।
डिस्टिङसन ल्याउनेले समेत फेल गर्छन् प्लस टु मा । E grade पाउनेले कलेज
पढ्न पाउदैमा ठूलै चमत्कार हुन्छ भनेर नसोचे पनि हुन्छ ।उनीहरूलाई फेल
बनाउदैमा प्रगति गर्छन् भन्नू झनै मुर्खता हो ।
फेरि slc मा कोही फेल नहुने होइन, फेल भए पनि माथि पढ्न पाउने सिस्टम हो यो ।
किताब नै ओछ्याउन दिए पनि पास गर्न नसक्ने विद्यार्थीको सङ्ख्या ३० % जति
छ होला । आधार नै कमजोर छ । पाठ्यक्रम रद्दी छ । पढाउने शैली कबाडी छ ।
यो फेल नहुने सिस्टम हटाउ भनेर भोली आन्दोलन पनि हुन सक्छ । तर पाठ्यक्रम
सुधार, शैक्षिक पद्धतिलाई व्यावहारिक बनाउ भनेर कहिल्यै आन्दोलन भएन, र
हुँदैन पनि ।
Friday, December 12, 2014
Sunday, December 7, 2014
Book Review: Flatland: A Romance Of Many Dimensions by Edwin Abott Abott
The Big Bang Theoryमा Sheldon Cooperबाट यस किताबको प्रशंसा सुनेको
थिएँल। त्यति वेला देखि नै पढ्न मन लागेको थियो । आज मौका पाएँ ।
फ्ल्याटलान्ड, एउटा 2-dimensional दुनियाँ, जहाँ रेखा, त्रिभुज, वर्ग,
बहुभुज आदि बस्छन् । त्यहाँ पनि विभेदहरू छन् । त्यहाँ पनि महिलाहरू
हेपिएका छन् । त्यहाँ पनि वर्गिय विभेद छ, संघर्षहरू दबाईन्छन् ।
लेखकको बेजोड कल्पनाशिलताले कायल बनायो मलाई । यस्तो जटिल कन्सेप्टलाई
जति सरलताका साथ उपन्यासको रूप दिए, त्यो अवस्य पनि सह्रानिय छ ।
flatland पढेपछि पाठकको सोचाईमा दुईचारवटा आयाम थपिन्छन् नै ।
म पात्रको नारिहरू प्रतिको संकुचित धारणाहरू धारणाहरू छरपस्ट छन् उपन्यास
भरि । म पात्र sexist छ । तर मेरो विचारमा समग्र उपन्यास भने नारिवादि
उपन्यास (पनि) हो ।
सताव्दियौ पुरानो यस उपन्यासमा हाम्रो अहिलेको समाजको प्रतिबिम्ब भेटिन्छ ।
उपन्यासको केन्द्रीय थिम चाहिँ 2-dimensional दुनियामा बस्नेहरूलाई
3-dimensinonal दुनियाको अस्तित्व स्विकार्न कति गाह्रो हुन्छ भन्ने हो
।उपन्यासले चलिआएको सोचाई पद्धति देखि बाहेकका विचारहरू ग्रहण गर्न
नसक्ने हाम्रो असमर्थता र ती विचारलाई मिथ्या ठान्ने हाम्रो मानसिकता
प्रति कडा व्यंग्य प्रहार गरेको छ ।
पुस्तकको लेखनशैली अलि जटिल किसिमको छ । लामा लामा वाक्यहरू, अप्ठेरा
शव्दहरू । अनि सुरूसुरूमा आउने गणितिय व्याख्याहरू । तर पढ्दै जाँदा
flatlandको परिवेशसँग हाम्रो समाजको तुलना गर्न यति व्यस्त भईन्छ कि ती
कुराहरू यादै रहदैन् । मैले बुझेँ भनेपछि तपाईहरू पनि बुझ्नुहुन्छ ।
पढ्नुस् ।
ebook यहाँ सित्तैमा उपलब्ध छ ।
http://www.gutenberg.org/ebooks/201

Subscribe to:
Comments (Atom)