Sunday, December 7, 2014

Book Review: Flatland: A Romance Of Many Dimensions by Edwin Abott Abott

The Big Bang Theoryमा Sheldon Cooperबाट यस किताबको प्रशंसा सुनेको
थिएँल। त्यति वेला देखि नै पढ्न मन लागेको थियो । आज मौका पाएँ ।


फ्ल्याटलान्ड, एउटा 2-dimensional दुनियाँ, जहाँ रेखा, त्रिभुज, वर्ग,
बहुभुज आदि बस्छन् । त्यहाँ पनि विभेदहरू छन् । त्यहाँ पनि महिलाहरू
हेपिएका छन् । त्यहाँ पनि वर्गिय विभेद छ, संघर्षहरू दबाईन्छन् ।

लेखकको बेजोड कल्पनाशिलताले कायल बनायो मलाई । यस्तो जटिल कन्सेप्टलाई
जति सरलताका साथ उपन्यासको रूप दिए, त्यो अवस्य पनि सह्रानिय छ ।
flatland पढेपछि पाठकको सोचाईमा दुईचारवटा आयाम थपिन्छन् नै ।

म पात्रको नारिहरू प्रतिको संकुचित धारणाहरू धारणाहरू छरपस्ट छन् उपन्यास
भरि । म पात्र sexist छ । तर मेरो विचारमा समग्र उपन्यास भने नारिवादि
उपन्यास (पनि) हो ।

सताव्दियौ पुरानो यस उपन्यासमा हाम्रो अहिलेको समाजको प्रतिबिम्ब भेटिन्छ ।

उपन्यासको केन्द्रीय थिम चाहिँ 2-dimensional दुनियामा बस्नेहरूलाई
3-dimensinonal दुनियाको अस्तित्व स्विकार्न कति गाह्रो हुन्छ भन्ने हो
।उपन्यासले चलिआएको सोचाई पद्धति देखि बाहेकका विचारहरू ग्रहण गर्न
नसक्ने हाम्रो असमर्थता र ती विचारलाई मिथ्या ठान्ने हाम्रो मानसिकता
प्रति कडा व्यंग्य प्रहार गरेको छ ।


पुस्तकको लेखनशैली अलि जटिल किसिमको छ । लामा लामा वाक्यहरू, अप्ठेरा
शव्दहरू । अनि सुरूसुरूमा आउने गणितिय व्याख्याहरू । तर पढ्दै जाँदा
flatlandको परिवेशसँग हाम्रो समाजको तुलना गर्न यति व्यस्त भईन्छ कि ती
कुराहरू यादै रहदैन् । मैले बुझेँ भनेपछि तपाईहरू पनि बुझ्नुहुन्छ ।
पढ्नुस् ।


ebook यहाँ सित्तैमा उपलब्ध छ ।
http://www.gutenberg.org/ebooks/201

No comments:

Post a Comment