Wednesday, July 29, 2015

#Tinytale

म: तिमीलाई कस्तो केटा मन पर्छ ? आइ मिन तिम्रो ड्रिमबोइ कस्तो छ ?

उ: Intelligent, Caring, Honest, Talented, Good Looking, intellectual
यस्तै यस्तै ।

म: सिधै भन्नु नि, "विवश, तिमीजस्तो !' भनेर ।

मुल्याङ्कन

भनिन्छ 'Walk into my shoes, before you judge me.'

अरूको सही मुल्याङ्कन गर्ने हो भने उसले हिँडेको बाटो हीडेर मात्र पनि
हुँदैन । उसको जुत्ता लगाएर मात्र पनि हुँदैन ।
साँच्चैको जज गर्नेभए, उसको छाला भित्र पस्नुस श्रीमान । उसको मुटुमा
आफ्नो धड्कन हाल्नुस । आफ्नो दिमागमा उसको सोचाई हाल्नुस् । र अनुभव
गर्नुस उसको भोगाईलाई ।

भयो ! धेरैबेर नबस्नुस् त्यहा । ऐठन होला । अब निस्कनुस उबाट ।
अघिको तपाईं र अहिलेको तपाईमा केही फरक भेट्नु भयो ? भेट्नुभएन भने उ र
तपाईविच केही फरक छैन । आफैलाई जज गर्ने सामर्थ्य छ तपाईमा ?

भेट्नु भएन भने तपाईले आफ्नो केही अंश उसमा छोड्नुभयो, केही उसको लिनुभयो ।

महोदय ! तपाईं उसको मुद्दामा फैसला दिने न्यायाधीश हुन अयोग्य भैसक्नु
भयो । तपाईं बिटुलिनु भयो ।

Tuesday, July 28, 2015

टाइम डाइलेसन

म त गन्तव्यहिन मान्छे, मलाई के को हतार ?
हिडिदिन्छु बिस्तारै बिस्तारै ।

तिमी व्यस्त मान्छे । प्रकाशको गतिमा कुद्नु पर्छ, कुद्छौ पनि ।
तिम्रो लागि समय नै रोकिन्छ ।

जब म तिमीलाई बोलाउँछु, तिमी भन्छौ, एकैछिनमा आउछु, यो याद नराखि कि
तिम्रो एकछिन, मेरो लागि, सदियौ हुन सक्छ ।

माफ गर, म तिमीलाई पर्खिन सक्दिनँ ।

म गतिहीन मान्छे, मेरो समय छिटो छिटो चल्छ ।
 तिमी बेगवान, तिम्रोलागी समय नै ठप्प भैदिन्छ ।
तर कस्तो अचम्म हगि, तिमीसँग मलाई दिन पुग्ने समय छैन, मसँग तिमीलाई
पर्खिन पुग्ने !

Thursday, July 2, 2015

अर्ग्याजम्

-विवश

म चाहन्छु
तिमी आउ ।
तिमी जाउ ।

केही लिएर जाउ ।
केही दिएर जाउ ।
केही कुरा छोड पनि ।

तर तिमी जानुको दुःख नलागोस् मलाई ।
म नभुलौँ तिमीलाइ,
तर त्यत्रो विधि याद पनि नआउ ।

बस केही पाइलाहरू छोड्
जो बिझाउन्
दिलमा शितलता छाउने हिसाबले ।

हो साथि,
मलाई तिम्रो युगौ युग पुग्ने साथ चाहिएको छैन ।

तिमी आउ ।
एकैछिन बस
अनि जाउ ।

निम्तो छ है !
यदि मेरो जिन्दगीको
एक सानो
'अर्ग्याजम्' बन्न सक्छौ भने ।

:)