म त गन्तव्यहिन मान्छे, मलाई के को हतार ?
हिडिदिन्छु बिस्तारै बिस्तारै ।
तिमी व्यस्त मान्छे । प्रकाशको गतिमा कुद्नु पर्छ, कुद्छौ पनि ।
तिम्रो लागि समय नै रोकिन्छ ।
जब म तिमीलाई बोलाउँछु, तिमी भन्छौ, एकैछिनमा आउछु, यो याद नराखि कि
तिम्रो एकछिन, मेरो लागि, सदियौ हुन सक्छ ।
माफ गर, म तिमीलाई पर्खिन सक्दिनँ ।
म गतिहीन मान्छे, मेरो समय छिटो छिटो चल्छ ।
तिमी बेगवान, तिम्रोलागी समय नै ठप्प भैदिन्छ ।
तर कस्तो अचम्म हगि, तिमीसँग मलाई दिन पुग्ने समय छैन, मसँग तिमीलाई
पर्खिन पुग्ने !
No comments:
Post a Comment