प्रेमको विरूद्धमा
-विवश बौलाहा
प्रेम सम्बन्धी कथा फिलिम्, सब जलाउनु पर्छ
माया प्रिति गाँस्न प्रतिबन्ध लाउनु पर्छ
थिइ मेरो गाउमा एउटि बिलक्षणा नारी
भन्थि, "पक्कै केही गर्छु, आफ्नो देशको लागि'
पढाउदैथे बा आमाले ठूलै आशा राखी
लभ परेछ, उसले आफ्नो पढाइ बिचमै छाडी
सारा संसार बिर्सी एउटा बुङ्गोसँग भागी
ऐले भा'की छे पति र सासुको कमारी
अनि बिताउदै छे जीवन बालबच्चा स्याहारी
कठै, बिचारी रामप्यारी
गुलाब हैन लालिगुरास रोप्न लाउनु पर्छ
माया प्रिती गाँस्न प्रतिबन्ध लाउनु पर्छ
इमानदार थ्यो पहिले पहिले 'प्रेम बहादुर मतारा'
भन्थ्यो, "ठूलो घर बनाउछु सम्पति कमा'र"
प्रेमिकाले छोडे पछि बिग्रियो बिचरा
रक्सि खान्छ, हल्ला गर्छ, भा'को छ आवारा
प्रेमे बहुलायो भन्छन्, गाउँ घरका सारा
रून्छन् उसका बाबुआमा बगाई अश्रुधारा
छोरो, बनेन साहारा !
दिल हैन दिमागको कुरा सुन्न लाउनु पर्छ
माया प्रिती गाँस्न प्रतिबन्ध लाउनु पर्छ
****--****
copyright protected
प्रेम विहिन जिवन भोग्ने यहाँ प्रेमको लागि तड्पिरहेका छन
ReplyDeleteतिर्खाएकैलाइ थाहा हुन्छ पनी कति जरुरि छ उनीहरुलाइ।