खलंगामा हमला
एक नर्सको डायरी
मदन पुरस्कार प्राप्त
पुस्तकको शीर्षक देखेपछी यसको कथानकको बारेमा केही अड्कलहरू आउँछन्
दिमागमा । हमला..... घाइते
व्यक्तिहरू....अस्पताल.....नर्स.....उपचार....घाइतेहरूको
व्यथा....उनीहरूसँगको वार्तालाप.... आदि ।
तर अर्कै छ यसको कथा । हमला पनि छ । नर्स पनि छिन् । हमला भएको बेलामा एक
नर्सको मनमा के कस्ता भावना आए यसैलाई प्राथमिकता दिएर लेखिएको किताब हो
यो ।
नर्स होस या नोकर्नी, जीवन मरणको दोसाँधमा उभिएको बेला आउने भावना उस्तै
हुन्छन् ।त्यसैले यो किताब नर्स वा अरू कुनै पेशामा लागेको व्यक्तिको
डायरी हुनु/नहुनुले खासै फरक पार्दैन ।
म डायरी लेख्दिनँ । डायरी ठ्याक्कै कस्तो हुन्छ थाहा छैन । तर पनि म के
भन्न सक्छु भने डायरी यस्तो हुँदैन । खलंगामा हमला डायरी होइन, संस्मरण
हो ।
कथाको प्रस्तुति सरल सपाट तरिकाले गरिएको छ । न्युजपेपर रिपोर्टिङ्ग
स्टाइलमा, कुनै पनि बिम्ब वा प्रतिकको प्रयोग बिनै ।सायद त्यसैले होला
कथाको सतहमै रहेर पढेँ मैले । डुवाउन सकेन । कछा बग्यो, मलाई बगाउन सकेन
।
अलि लामो हुन सक्थ्यो, खै किन हो साह्रै छोटो बनाइयो । के को हतार थियो
कुन्नी ? अलि धेरै अनुभवहरू समेटिएको भए, अलि गहिरिएर मनोवैज्ञानिक
चित्रण गरिएको भए राम्रो हुन्थ्यो । आखिर युद्धले बाहिर जति घाउ दिन्छ,
त्यो भन्दा गहिरो घाउ मनमा पुर्याउँछ ।
अनावस्यक आत्मश्लागामा नडुलि सिधै विषयबस्तुमा प्रवेश गरिएको छ किताबमा ।
मन पर्यो । नेपालको ईतिहासको एक घटनाबारे महत्वपूर्ण दस्ताबेज बन्न सक्छ
यो किताब । यस्ता पुस्तकहरू लेखिनु पर्छ । लेखियो । प्रभावकारीता अलि कम
भयो । गुनासो यही हो ।
र अन्त्यमा,
सहरको रिमझिममा नभुली जुम्ला जस्तो दुर्गम ठाउँमा गएर सेवा गर्ने राधा
पौडेललाई सलाम छ ।
No comments:
Post a Comment