Sunday, October 12, 2014

Guest Post : हराएको मुस्कान

हराएको मुस्कान
- डाक्टर विकास सापकोटा



हाँस्न बिर्सिएछु । कहिले कहीँ साथीहरूलाई कम्पनी दिँदा ओठमा मुस्कान उन
दिन्छु र हाँस्न खोज्छु तर सक्दिनँ । सम्झन्छु हाम्रो पुनःर्मिलनपछिको
धरान पार्कको त्यो दिन, सम्झन्छु कलेजका दिनहरू, र सम्झन्छु अहिले । कति
परिवर्तन आएछन् ।

मेरो हाँसो हराएको छ अहिले । मेरो हाँसो खोजीहेरेँ । अनि भेट्टाए
पनि-फेक आई.डी.बाट तिम्रो फेसबुकका पछिल्ला दिनहरूका फोटो हेर्दा (रियल
आईडी ब्लक छ)। धन्न अरू कसैले नभई आफ्नै प्रेमिकाले चोरेकी रहिछिन् । (म
उनको प्रेमी भनेको होइन उनीचाहीँ मेरी प्रेमिका) । हाँसो मात्र हराएको
चाहीँ पक्कै होइन, मुटु पनि हराएको थुप्रै भयो । हराएको त भन्दिनँ, मैले
आफैँ दिएको तर त्यसरी दिँदा सम्झेको थिएँ-'मैले पनि त लिएँ नि उनको मुटु,
अब त्यहीँ मुटुको सहायताले बाँच्छु उनी सँगसँगै ।' उनी पनि त्यसै
भन्थिन्-"मेरो मुटु तिमीले लगेको छौँ, सम्हालेर राख है ।" तर होइन रहेछ ।
उनले मुटु कहिल्यै दिएकी रहिनछिन् । एउटा मैँ पागल रहेछु विना मुटु
बाँच्दा नि थाहा नपाउने ।


मेरो आत्मा आज खुसी छ । उनले मबाट टाढा जानेबेलामा फेरि एकपटक भनेकी
थिइन् (फेरि एकपटक मतलब पहिला पनि एकपटक छोडेर जाँदा भनिसकेकी थिइन्, तर
पछि फेरी 'सरी फर इभ्रीथिङ्ग आई ह्याड डन द्याट डे' भनेपछि यो मुर्ख मनले
'इट्स ओके' भनिहाल्यो)-"तिमीले माया सिवाय के दिन
सक्छौ र ? सामाजिक इज्जत दिन सक्छौँ ? मेरो र तिम्रो बाबा मम्मीलाई खुसी
पार्न सक्छौ ? तिमी क्षेत्रीको छोरो र म नेवारकी छोरी ।"


तर आज मेरो आत्मा खुसी छ किनकी मैले तिमीलाई मायामात्र दिइरहेको छैन,
मेरो मुटु र मेरो हाँसो पनि दिइरहेको छु अहिले पनि । र म केवल सास
फेरिरहेको छु केवल तिम्रो त्यो हाँसो हेर्न जसमा 35 प्रतिशत तिम्रो,15
प्रतिशत मेरो र बाँकी 50प्रतिशत अर्कै नेवार केटोको हाँसो भेट्छु ।




नोट : डाक्टर चैँ लेखकको उपनाम हो रे है । :P

No comments:

Post a Comment